गाजाको शरणार्थी शिविरमा विस्फोट हुँदा ५० जनाको मृत्यु


 


काठमाडौं । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विस्फोटमा परी कैयौँ मानिसको मृत्यु भएको छ ।

हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको हो ।

इजरायली हवाई हमलाका कारण विस्फोट भएको मन्त्रालयले जनाएको छ । यद्यपि यो विस्फोटबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन।

विस्फोटस्थलको भग्नावशेषबाट कम्तीमा ५० शव निकालिएको अधिकारीहरुले जनाएका छन्। मानिसहरू भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् ।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्