तीघ्रामा लागुऔषध बाँधेर ल्याउने दुई पक्राउ


 


धरान, जेठ ३२

drug_1तीघ्रामा बाँधेर लागुपदार्थ ल्याउदै गरेको अवस्थामा धरान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । सुराकीको आधारमा धरान ८ स्थित तीनकुने चेकपोष्टमा सवारीसाधान चेकजाँच गर्दा सोमबार ती युवा लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धरान ८ का २२ बर्षीय सन्तोष बिक र धरान ११ का १५ बर्षीय विनय बिक रहेका छन्। दुवै जना विराटनगरबाट धरान आउँदै गरेको माइक्रोमा थिए।

प्रहरीका अनुसार दुवैको साथबाट ३० सेट लागुऔषध वरामद भएको छ। त्यसमा डाइजिपाम ३०, एभिल ३० र नेरोजेसिक ३० थान रहेको सई गिरीले बताए। पक्राउ परेका मध्ये सन्तोषले बिक्री गर्ने उद्देश्यले ल्याएको र विनयलाई भने अर्को एक व्यक्तिले बोकाएर पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई लागुऔषध कारोबारी अर्न्तगत कानुनी कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्