पञ्चकन्या माविले मनायो ६१औं वार्षिकोत्सव


 


असिम दुङमाली,
भोजपुर (पौवादुङमा) मंसिर २९
जिल्लाको पूर्वीक्षेत्रको च्याङग्रे गाविस स्थित श्री पञ्चकन्या माविको ६१औं वार्षिकोत्सव एक भव्य कार्यक्रमको बीच मंगलबार सम्पन्न भएको छ । केही दिन अघि देखि नै विविध प्रतिस्पर्धात्मक कार्र्यक्रमहरुको साथमा शुरुवात भएको वार्षिकोत्सव, विद्यालयको शुभजन्मोत्सव मंसिर २८ गते नै परेकाले सार्वजानिक विदाकै दिन भए तापनि मूख्य एवम् समापन समारोह आजैको मितिमा राखिएको जानकारी विद्यालय परिवारबाट गराइएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकुमार राईद्वारा विद्यालयको प्रगति प्रतिवेदन तथा आ.व.२०७२÷७३ साल अवधिको आय–व्यय विवरणहरु समेत प्रस्तुत गर्नुभएको छ । यस क्रममा प्र.अ.राईद्वारा विद्यालयको शैक्षिक, आर्थिक एवम् भौतिक पक्षहरुमा हालसम्मको प्रगति, प्रयास र भावि दिनहरुमा सबैको साथ सहयोग एवम् सहकार्यमा एकजूट भइ अघि बढ्न सकेमा थोरै समयमै अझ थप प्रगति हासिल गर्न सकिने भएकाले सबै क्षेत्रबाट सहयोगको अपेक्षा रहेको धारणा व्यक्त गर्नुभएको छ ।

कार्यक्रमको प्रतिभा प्रस्तुती सत्रमा विद्यार्थीहरुले अन्तर सदनात्मक प्रतियोगितात्मक लोक नृत्य प्रदर्शन गरे । त्यसैगरी उपस्थित विभिन्न समाजसेवी तथा वृद्धिजिवीहरुद्वारा विद्यालयको थप उन्नति प्रगतिको शुभकामना तथा अवश्यक परेको बखत साथ सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा च्याङग्रे, तिवारी भञ्ज्याङ, वास्तिम, ठूलोदुम्मा र सानादुम्मा लगायतका गविसहरुबाट अभिभावक तथा शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सम्मान तथा पुरस्कार वितरण सत्रमा विद्यालयलाई उल्लेखनीय योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई कदर पत्र प्रदान सम्मान गरीएको छ ।

यसरी सम्मानित हुनु हुनेहरुमा ओमप्रकाश भूजेल, सिद्धिप्रसाद राई, रणबहादुर खत्री लगायतका रहेका छन् । त्यसैगरी फूटबल, भलिबल लगायत अन्य विविध प्रतिस्पर्धाहरुा विजयी भएका र परीक्षा तथा मूल्याङ्कनमा उत्कृष्ठ नजिता हासिल गरेका जेहेनदार बालबालिकाहरुलाई समेत प्रोत्साहन स्वरुप कापी, कलम, डिक्शनरी तथा नगद पुरस्कार वितवरण गरिएको छ ।

यसै बीच समारोहकै एक सत्रमा विदाइ कार्यक्रम समेत राखिएको थियो । सोही विद्यालयमा लामो समय शिक्षण तथा विद्यालय विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका शिक्षक काजीमान थापा र अर्का शिक्षक घनश्याम दाहाल द्वयलाई संयुक्त रुपमा विद्यालयद्वारा औपचारिक रुपमा विदाइ गरिएको हो ।

असिम दुङमालीबाट थप

सानोदुम्माली युवाहरुले गरे अनुकरणीय कामको शुरुवात

प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्