इजरायलमा फसेका नागरिकको उद्धार गर्न बेवास्ता गरेको भन्दै चीनको चर्काे आलोचना


 


बेइजिङ- द्वन्द्वग्रस्त मुलुक इजरायलमा फसेका आफ्ना नागरिकको उद्धार गर्न बेवास्ता गरेको भन्दै चीनको आलोचना सुरु भएको छ । गत अक्टोबर ७ मा हमासको आक्रमणसँगै द्वन्द्व सुरु भएपनि आफ्ना नागरिकको उद्धार गर्न बेवास्ता गरेको भन्दै चीनको आलोचना सुरु भएको हो ।

चीन सरकारले इजरायलमा असुरक्षित रुपमा रहेका आफ्ना नागरिकलाई आफ्नै खर्चमा टिकट काटेर स्वदेश फर्कन आग्रह गरेको छ ।

भ्वाइस अफ अमेरिकाका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनका क्रममा इजरायमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्किने व्यवस्था आफैँ गर्न आग्रह गरेपछि आलोचना भएको छ ।

अमेरिका, अर्जेन्टिना, ताइवानजस्ता मुलुकले भने तत्परता देखाउँदै इजरायलमा फसेका आफ्ना नागरिकको उद्धारमा लागि परेका छन् ।

चिनियाँ विदेश मन्त्रालयको आग्रहसँगै इजरायलमा रहेका चिनियाँ नागरिकहरु क्रुद्ध भएको भ्वाइस अफ अमेरिकाले जनाएको छ । उनीहरुले इजरायलमा रहेको चिनियाँ दूतावासबाट पनि आफूहरुले कुनै सहयोग प्राप्त नगरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्