भारतद्वारा चीन र पाकिस्तानको सीमामा ३ एस-४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ


 


नयाँ दिल्ली । भारतले चीन र पाकिस्तानको सीमामा तीन वटा एस ४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ । भारतीय वायुसेनाले चीन र पाकिस्तानको सीमा क्षेत्रमा एस ४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ ।

तीनमध्ये एउटा एस ४०० प्रणालीले चीन, अर्कोले पाकिस्तान र तेस्रो प्रणालीले चीन र पाकिस्तान दुबैको सीमा क्षेत्रलाई समेटिएको छ ।भारतले सन् २०१८ मा ३५ हजार करोड भारतीय रुपैयाँमा रुससँग ५ वटा एस ४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता गरेको थियो । यसमध्ये तीन वटा एस ४०० प्रणाली प्राप्त भएको भारतीय वायुसेनाले जनाएको छ ।थप दुई वटा प्रतिरक्षा प्रणाली प्राप्त गर्न भारत र रुसबीच चाँडै वार्ता हुने अपेक्षा गरिएको छ । यस प्रणालीले ४ सय किलोमिटर टाढाबाट आफ्नो लक्ष्य पत्ता लगाउन र उक्त लक्ष्यमा मार हान्ने क्षमता राख्दछ ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्