आज देखि निजी अस्पतालले १० प्रतिशत निःशुल्क सेवा दिने


 


काठमाडौं, पुस १

सरकारले विपन्न, असहाय, एकल महिला, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकका लागि सबै निजी अस्पताल तथा शिक्षण संस्था, गैह्र सरकारी तथा सामुदायिक अस्पताल र नर्सिङ होममा रहेका मध्ये १० प्रतिशत शैया निःशुल्क हुने ब्यवस्था गरेको छ ।

सरकारले घोषणा गरे अनुसार निजी अस्पतालले आज देखि १० प्रतिशत शैयामा निःशुल्क सेवा दिने भएका छन् । सरकारले भने अनुसार १० प्रतिशत निःशुल्क सेवा दिए नदिएको अनुगमन गर्ने र सेवा नदिएको पाइए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

निःशुल्क सेवामा सल्यक्रिया र औषधि बाहेकका सेवा समेटिएका छन् । औषधि र शल्यक्रिया बापत लाग्ने रकम भने सेवाग्राहीले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

यी सेवा समेत निशुल्क उपलब्ध गराउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सेवा लिनका लागि सरकारले तोकेका निकायबाट सिफारिस पत्र भने अनिवार्य लिनु पर्नेछ ।

निःशुल्क उपचारका लागि सम्बन्धित गाविस वा नगरपालिका जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय तथा वीर अस्पताल र स्वास्थ्य मन्त्रालय मध्ये कुनै एक निकायबाट सिफारिस लैजानु पर्नेछ ।

प्रकाशित मिति: १ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्