स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न गोविन्द केसीको माग, लगाए यस्तो आरोप


 


काठमाडौं, मंसिर १० । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन् ।

मन्त्री बस्नेतले मेडिकल माफियाका पक्षमा लबिङ गरिरहेको भन्दै केसीले उनलाई बर्खास्त गर्न माग गरेका हुन् ।

एक विज्ञप्ती जारी गर्दै उनले मन्त्री बस्नेतले आफूमाथि लाञ्छना लगाएको विषयमा पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको कउनले बताएका छन् ।

‘हालै प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । ममाथि लगाएको आरोप कपोलकल्पित र सम्पूर्ण झुठा हुन भन्न चाहन्छु ।’ डा। केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति: १० मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्