सुँगुरलाई लाग्ने स्वाइन फ्लु मानिसमा पनि देखियो


 


एजेन्सी । बेलायतमा सुँगुरमा देखिने भाइरस स्वाइन फ्लु मानिसमा देखिएको छ । एक व्यक्तिमा सुँगरमा पाइने स्वाइन फ्लुको नयाँ प्रकार भेटिएको सोमबार त्यहाँको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले बताएको थियो ।

बेलायतमा कुनै मान्छेमा यसको सङ्क्रमण भेटिएको यही नै पहिलो घटना हो । सन् २००५ यता विश्वभर दर्जनौँ मान्छेलाई स्वाइन फ्लु भइसकेको छ । तर पछिल्लो समय बेलायतमा देखिएको स्वाइन फ्लुको जिन पुराना स्ट्रेनसँग सम्बन्धित नरहेको अधिकारीहरूले बताएका छन् ।

यो भाइरसले सुँगरलाई मात्रै सङ्क्रमित बनाउने भए पनि मान्छेमा यो स्ट्रेन कसरी सर्‍यो भन्ने खुल्न सकेको छैन । स्वाइन फ्लु श्वास प्रश्वासमा लाग्ने सङ्क्रामक रोग हो । यो रोग सामान्यतः सुँगुरमा पाइन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्