इजरायलमा फसेका आफ्ना नागरिकका लागि चीनकाे गैर जिम्मेवार रवैया


 


बेइजिङ । इजरायलमा रहेका आफ्ना नागरिकहरूलाई विश्‍वका विभिन्‍न सरकारहरुले चार्टर्ड, सैन्य वा बाँकी व्यावसायिक उडानहरू मार्फत उद्धार गरिरहेको भए पनि चीनले भने व्यावसायिक उडानहरूमा आफ्नै लागि टिकट किनेर घर फर्कन आग्रह गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, ‘चीन र इजरायलबीचको व्यावसायिक उडानहरू अझै सञ्चालनमा छन्। हामी स्थानीय चिनियाँ नागरिकहरूलाई सकेसम्म चाँडो व्यावसायिक उडानमा चीन फर्कन सल्लाह दिन्छौं।’

हमासले अक्टोबर ७ मा गरेको हमलापछि इजरायलमा फसेका चिनियाँ नागरिकहरू अर्जेन्टिनादेखि ताइवान र संयुक्त राज्य अमेरिकासम्मका सरकारहरूले आफ्ना नागरिकहरूलाई छोड्न मद्दत गरेपछि घर फर्किने यात्रा सहायताको लागि सामाजिक सञ्जालमा लेखिरहेका छन्।

वाशिंगटनले साइप्रसमा मानिसहरूलाई उद्धार गर्न क्रूज जहाजको व्यवस्था पनि गर्‍यो, जहाँ उनीहरूले थप यात्राको व्यवस्था गर्न सक्छन्।

ताइवानले इजरायलबाट १५६ ताइवानी नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न मद्दत गरेको छ भने १४७ नागरिकहरूले त्यहाँ बस्‍ने विकल्प रोजेका छन्।

चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्ममा ‘डीप नो ब्लू’ नामक प्रयोगकर्ता पोष्ट गरिन्, ‘के कोही चिनियाँहरू ९ तारिखमा तेल अवीभ छोड्दै छन्?’ उनले आफू र एक साथीले खरिद गरेका हेनान एयरलाइन्सको टिकट रद्द भएको बताइन्। उनीहरूले कसरी जाने भनेर चिनियाँ दूतावासलाई फोन गर्दा, उनीहरूलाई आफैं बाटो खोज्न भनिएको बताएकी छन्।

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले द्वन्द्वका कारण अक्टोबर ९ मा हेनान एयरलाइन्सले तेल अभिभ र सांघाई बीचको उडान रद्द गरेको जनाएको छ।

डीप नो ब्लूको पोस्ट अनलाइन भाइरल भयो तर चाँडै हटाइएको थियो। नयाँ पोस्टमा, उनले इमिरेट्स एयरलाइन्सको उडानमा सुरक्षित रूपमा इजरायल छोडेको र स्व-निकासीका लागि केही सुझावहरू सूचीबद्ध गरेको बताइन्।

‘दुतावासको निन्दा गर्ने तपाईं नै हुनुहुन्छ,’ एक जनाले लेखे। अर्काले पोस्ट गरे, ‘तपाईंले आफ्नै टिकट किन्न सक्नुहुन्छ भने दूतावासलाई किन चिन्ता गर्नुभयो? तपाईंको अन्तिम पोस्ट मेटाउन योग्य थियो।’

इजरायलस्थित चिनियाँ दूतावासले शुक्रबार इजरायलमा रहेका चिनियाँ नागरिकहरूलाई दूतावास, इजरायली प्रहरी र मेडिकल हटलाइनका लागि सम्पर्क टेलिफोन नम्बरहरू समावेश गरेको सन्देशमा ‘सरकारको विरोध गर्ने विचारहरू हटाउन, जोखिम जागरूकता बढाउन र सुरक्षा सावधानीहरूलाई प्रभावकारी रूपमा सुदृढ गर्न’ निर्देशन जारी गरेको छ।

आफ्ना नागरिकहरूलाई बेवास्ता चीनको रवैयाले इजरायलमा रहेका केही चिनियाँ प्रवासीहरूलाई आक्रोशित देखिन्छन्।

इजरायलका चिनियाँ विद्यार्थीहरूले एक विच्याट समूहमा दूतावासका कर्मचारीहरूलाई बारम्बार सोधेका छन् कि त्यहाँ उद्धार योजना छ कि छैन तर सन्तोषजनक जवाफहरू पाएका छैनन् भनेर अनलाइन प्रसारित धेरै स्क्रिनशटहरू देखाइरहेका छन् ।

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्