नेप्सेमा आज पनि पहिरो, कति भयाे कारोबार ?


 


काठमाडौं, मंसिर १३ । लगातार घट्दो क्रममा रहेको शेयरबजार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा आज पहिरो गएको छ ।

आज १७.९३ अंकले घट्दै नेप्से १८७६.६० अंकमा बन्द भएको हो । आज नेप्सेमा कारोबार रकम पनि खुम्चिएको छ ।

हिजो (मंगलबार) एक अर्ब २८ करोड २ लाख रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब १ करोड ४१ लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार भएको शेयर कारोबारमा ४२ कम्पनीका शेयरधनीले कमाएका छन्‌ भने १९० कम्पनीका शेयरधनीले गुमाएका छन्‌ । ७ कम्पनीको शेयरमूल्य स्थिर छ ।

आज कारोबार भएकामध्ये विजय लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता शेयरमूल्य सर्वाधिक ९।८८ प्रतिशतले बढेर ६५७ रुपैयाँ पुगेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सर्वाधिक ९.९८ प्रतिशत गुमाएका छन्‌ । सो कम्पनीको प्रतिकित्ता शेयरमूल्य ४८ रुपैयाँले घट्दै ६३५ रुपैयाँ कायम भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्