बेलायत पुगेको तीन दिनमै एक नेपाली महिलाको निधन


 


काठमाडौं, मंसिर २१ । बेलायतमा एक नेपाली महिलाको निधन भएको छ ।

बिहीबार मात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा–४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो ।

उनी नोभेम्बर ३० तारिकमा बेलायत पुगेको गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँस्थित रोयक बर्कशायर अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्