केएमसीमा कलेजोको क्यान्सरको दुर्लभ उपचार


 


काठमाडौं, मंसिर २२ । काठमाडौं मेडिकल कलेजमा विश्वमै दुर्लभ दाबी गरिएको क्यान्सरको सफल उपचार गरिएको छ ।

एमआरआई र सिटी स्क्यानको फ्युजनबाट बिना चिरफार कलेजोेको क्यान्सरको सफल उपचार गरिएको हो ।

काठमाडौं कपन बस्ने ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सर नष्ट गरिएको छ ।

केएमसीले बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट एक सेन्टिमेटर भन्दा सानो क्यान्सर पत्ता लगाएर बिना चिरफार सफलतापूर्वक नष्ट गरिएको यो केस विश्वकै दुर्लभ रहेको उपचारमा संलग्न केएमसीका इन्टरभेसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले दावी गरे ।

अहिले बिरामीको अवस्था राम्रो रहेको छ । यस प्रविधिबाट उपचार गर्दा बिना चिरफार, कडा औषधी, रेडियोथेरापी प्रयोग नगरीकन सहजरुपमा एकैछिनमा ट्युमरलाई नष्ट गर्न सकिन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्