भारतबाट फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि


 


धनगढी । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने ६८ जनामा नेगेटिभ देखिएको छ।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार गौरीफन्टा नाकामा गरिएको एन्टीजेन परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका अन्य नाकाहरुमा भने कोरोना परीक्षण गरिएको छैन ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्