सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीले तलब पाएनन्, सेवा बन्द गर्ने चेतावनी


 


काठमाडौं, पुस १२ । पारिश्रमिक नपाएको भन्दै सिन्धुली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आगामी दिनमा सेवा नै बन्द गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले आगामी पुस १९ गतेसम्म पनि पारिश्रमिक नपाए ओपिडी तथा आकस्मिक सेवा बन्द गर्ने चेतावनी दिएका हुन् ।

अस्पतालमा कार्यरत्त छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च सुविधा पनि नपाएको बताएका छन् ।

यस विषयमा गत मंसिर २९ गते नै बाग्मती प्रदेशस्थित स्वास्थ्य मन्त्रालय हेटौंडा, स्वास्थ्य सेवा विभाग टेकु तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत जानकारी गराएपनि हालसम्म सम्बोधन नभएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्