माछापुच्छ्रे बैंकद्वारा अन्नपुर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता


 


काठमाडौं, पुस १९ । माछापुच्छ्रे बैंक लिमिटेडले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपुर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरुको बारेमा जानकारी प्रदान गरिएको थियो । साथै नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्युआर, पोप्स, एनएफसी सेवाको महत्वबारे अवगत गराइएको थियो ।

अन्नपुर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् ।

माछापुच्छ«्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप, इएमभी स्टयाडर्डमा आधारित विश्वभर सुरिक्षत र भरपर्दो मानिएको टोकन प्रविधिको प्रयोग गरी मोबाईल बैंकिङ्ग एप्लिकेसन एम–स्मार्टमा एमएफसी क्ट्याकलेस अफलाइन ‘टप एण्ड पे’, क्युआरमा भ्वाईस अडियो नोटिफिकेशन प्रविधि जस्ता सेवाहरु संचालनमा ल्याएको छ ।

त्यस्तै बैंकले अन्य डिजिटल सेवाहरु जस्तैः मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एवं मुद्धती खाता खोल्ने लगायतका अनेकन अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्