एनएमबी बैंकले गर्यो अस्पताल वार्ड निर्माणका लागि २५ लाख रुपैयाँ सहयोग


 


काठमाडौं, पुस २२ । एनएमबी बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाबीच सहमति आदनप्रदान गरिएको छ ।

यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पु¥याउँने अपेक्षा गरिएको छ ।

एनएमबी बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आइरहेको छ ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित मिति: २२ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्