सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी र ग्राहकहरूले होटल शारामा विशेष छुट पाउने


 


काठमाडौ, पुस २४ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र होटल शारा प्रा.लि. बीच बैंकका कर्मचारी र ग्राहकहरुलाई आवाश तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट कम्पनीका कार्यकारी निर्देशक पृथ्वी सुुवेदीले हस्ताक्षर गर्नुु भएको छ ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना, सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै भोजका निम्ति हलहरुमा १५ प्रतिशत छुटसम्म दिइएको छ ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्