गरिमा विकास बैंकको १७ ‍औं बार्षिक साधारणसभा सम्पन्न, १०% लाभांश वितरण गर्ने


 


काठमाडौं, पुस २९ । गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा आईतबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।

उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ ।

साधारणसभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आ.व. २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रश्तावहरु पारित गरेको छ ।

हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पू¤जी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया पुगेको छ ।

साधारणसभाको लागि २०८० पौष १७ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०८० पौष १६ गते सम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।

विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब रु ६९ अर्ब कर्जा प्रवाह गरेको छ ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्