लक्ष्मी सन्राइज बैंकले नेपाली डिजिटल बैँकिङ्गको रूपान्तरण गर्दै


 


काठमाडौं, माघ ११ । लक्ष्मी सन्राइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ‘ओरेन्ज एनएक्सटी’ को थालनी गरेको छ ।

बैंकले ‘एफ-1 सफ्ट’ अन्तर्गतको फोन एनएक्सटी सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो । यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ ।

‘ओरेन्ज एनएक्सटी’ ले मोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि लिएर मुद्दती खाता, ‘ग्लोबल बेस डिपोजिट’ जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरु प्रदान गर्नेछ ।

ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ्ग सेवा दिने लक्ष्मी सन्राइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउनेछ ।

लक्ष्मी सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत, अजय विक्रम शाहका अनुसार नेपालको डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा ‘ओरेन्ज एनएक्सटी’ कोशेढुङा साबित हुन सक्छ ।

परम्परागत मोबाईल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ‘ओरेन्ज एनएक्सटी’ मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिनेछ ।

फोन एनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभुत उद्देश्यले ‘ओरेन्ज एनएक्सटी’ को विकास गरिएको हो ।

परिकल्पनात्मक सोचबाट प्रेरित यस ‘ओरेन्ज एनएक्सटी’ ले बैंकिङ्ग अनुभवलाई आमूल परिवर्तन ल्याउदैँ ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने उहाँको विश्वास छ ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्