सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा केडिया


 


सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रतनलाल केडिया निर्वाचिन भएका छन् ।

कम्पनीको गत बिहीबार भएको छैठौं वार्षिक साधारण सभाबाट केडिया अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

साधारण सभापछि शुक्रबार बसेको सञ्चालक समिति बैठकले सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज केसी र परिक्षीत खेम्का मध्येबाट केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा नियुक्त गरेको हो ।

अध्यक्षमा नियुक्त केडियाले आइतबार नयामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ समेत लिई अध्यक्षको पदभार समेत ग्रहण गर्नुभएको छ । साथै अन्य सञ्चालकहरुले पनि सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ गर्नु भई सञ्चालकको पदभार ग्रहण गर्नुभएको छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्