माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई स्वीटर वितरण


 


काठमाडौं, माघ १७ । माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाडो मौसमलाई मध्यनजर गरेर आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई स्वीटर वितरण गरेको हो ।

बैंकले यसक्रममा कोशी प्रदेशको उदयपुरस्थित श्री आधारभुत विद्यालय सिवाई बेल्हा र श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थीहरुलाई विद्यालय पोशाक अनुसारको रङ्गको स्वीटरहरु वितरण गरेको छ ।

यसैगरी बैंकले मधेश प्रदेशको सिरहा जिल्ला स्थित श्री जनता आधारभुत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीहरुलाई पनि जाडोको न्यानो स्वीटर हस्तान्तरण गरेको छ ।

बैंकले विद्यालयहरुसंगको समन्यवमा ती विद्यालयहरुमा अध्यनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै जम्मा ३१० थान स्वीटर वितरण गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत देशका सातै प्रदेशहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका अन्य कामहरुमा स्थानीय तहहरुसंग सहकार्य गर्दै आइरहेको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १२७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्