महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त


 


काठमाडौं, माघ २४ । महालक्ष्मी विकास बैंक लिमिटेडमा हाल रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा दिपेश लम्साललाई नियुक्त गरिएको छ ।

मंगलबार बसेको बैंकको सञ्चालक समितिको निर्णय अनुसार लम्साललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।

बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहनुभएको लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजीनामा पश्चात निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहनुभएको थियो ।

बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय, दरबारमार्गमा स्वागत कार्यव्रmम सम्पन्न गरिएको छ । उक्त कार्यव्रmममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाउनुभएको छ ।

साथै उँहाले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गर्नुभएको छ ।

विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैकिङ्ग अनुभव छ ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्