चीनमा राष्ट्रपति सी र सत्तारुढ कम्युनिष्ट पार्टीविरोधी भावना बढ्दै


 


बेइजिङ । चीनमा राष्ट्रपति सी जिन्पिङ र सत्तारुढ कम्युनिष्ट पार्टीविरोधी भावना बढ्दै गएको पाइएको छ ।

केही समयअघि चिनियाँ राजनीतिक अभियन्ता चाइ सोङले सार्वजनिक स्थलमा सी र कम्युनिष्ट पार्टीविरोधी नारा लेखिएको नारा प्रदर्शन गरेका थिए । कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको दोस्रो सम्मेलनअघि उनले सी र पार्टीविरोधी नारा प्रदर्शन गरेका हुन् ।

उनले शान्डोङ प्रान्तको जिनानमा रहेको वाण्डा प्लाजामा यस्तो नारा प्रदर्शन गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।

२९ वर्षे चाइले ‘कम्युनिष्ट पार्टीलाई सत्ताच्युत गरौँ, सी जिन्पिङलाई सत्ताच्युत गरौँ’ लेखिएको नारा प्रदर्शन गरेका हुन् ।

लामो समयसम्म कसले उक्त नारा प्रदर्शन गरेको थियो भन्ने पत्ता लाग्न नसकेको जनाइएको छ । यद्यपि हाल उनी चीन छाडेर अमेरिका पुगिसकेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्