चिनियाँ ह्याकरहरुले सैन्य सञ्जालमा पहुँच पुर्‍याए : नेदरल्याण्ड्स


 


एजेन्सी । गत वर्ष चिनियाँ राज्य समर्थित ह्याकरहरुले आफ्नो मुलुकको सैन्य सञ्जालमा पहुँच पु¥याएको नेदरल्याण्ड्सका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो समय दुई मुलुकबीच सुरक्षाका विषयलाई लिएर तनाव बढिरहेका बेला नेदरल्याण्ड्सले चीनमाथि यस्तो आरोप लगाएको हो ।

डच जसुसी निकायले जनाएअनुसार गत वर्ष चीनको सरकार समर्थित ह्याकरहरुले मुलुकको सैन्य सञ्जालमा पहुँच पुर्‍याएका थिए ।

डच रक्षामन्त्री कसा ओलोनग्रेनलाई उद्धृत गर्दै रोयटर्सले प्रकाशित गरेको समाचारमा चीनले सञ्चालन गर्दै आएका जासुसी गतिविधिबारे जनतालाई जनकारी दिनु महत्वपूर्ण हुने ठानेर सरकारले पछिल्लो खुलासा गरेको हो । नेदरल्याण्ड्ले चीनमाथि जासुसी गरेको आरोप लगाएको यो पहिलो घटना हो ।

ह्याकरहरुले मालवेयरको माध्यमबाट सैन्य क्षेत्रमा शोध गर्ने ५० जनाको समूहले प्रयोग गर्दै आएको कम्प्युटरमा पहुँच पु¥याएका थिए । चीनको यो गतिविधि नेदरल्याण्ड्स र साझेदारविरुद्ध जारी चिनियाँ राजनीतिक जासुसीकै एउटा हिस्सा भएको डच अधिकारीको भनाइ छ ।

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्