भारतको औद्योगिक उत्पादन बढ्यो


 


एजेन्सी । औद्योगिक उत्पादन सूचकाङ्कद्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि गत डिसेम्बरमा ३.८ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ।

डिसेम्बरमा खानी, उत्पादन र विद्युत क्षेत्रको उत्पादनमा गुणात्मक वृद्धि रहेको देखिएको हो।

प्रयोगमा आधारित वर्गीकरणअनुसार प्राथमिक वस्तुको परिसूचक १५१.७, पुँजीगत वस्तुको लागि १०३.३, मध्यवर्ती वस्तुको लागि १५९.३ र पूर्वाधार/निर्माण सामग्रीको लागि १७७.९ रहेको स्रोतले जनाएको छ ।

यसैगरी डिसेम्बरका लागि उपभोक्ता टिकाउ र उपभोक्ता गैर-टिकाउ वस्तुहरूको सूचकाङ्क क्रमशः ११४.० र १७८.० पुगेको छ।

नोभेम्बरमा उत्पादन सूचकाङ्क २.४ प्रतिशतले बढेको छ।

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्