बालबालिकाको सुरक्षालाई लिएर इयूले सुरु गर्‍यो चिनियाँ एप टिकटकमाथि छानबिन


 


काठमाडौं । युरोपियन युनियन (इयू) ले बालबालिकाको सुरक्षालाई लिएर चिनियाँ सामाजिक सञ्जाल ‘टिकटक’ माथि औपचारिक रूपमा छानबिन सुरु गरेको छ ।

बालबालिकाको सुरक्षासँगै टिकटकले इयूको डिजिटल सर्भिसेस एक्टको उल्लंघन गरे वा नगरेको बारेमा समेत इयूले छानबिन सुरु गरेको सीएनएनले जनाएको हो ।

कानुनको उल्लंघन गरेको अथवा नगरेको बारे इयूले टिकटकको काम, प्रणाली र नीतिको छानबिन गर्ने इयूले जनाएको छ ।

चिनियाँ कम्पनी बाइटडान्सअन्तर्गतको टिकटकलाई युरोपेली देशहरूमा एक महिनामै १ सय २६ मिलियनले प्रयोग गर्ने गरेको तथ्यांक रहेको इयूले जनाएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्