माछापुच्छ्रे बैंकद्धारा भिडियो केवाईसी सेवाको शुभारम्भ


 


काठमाडौं, फागुन १० । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ ।

उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नुहुनेछ । यस भिडियो केवाईसी मार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु नपर्ने बैंकले जनाएको छ ।

यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवा मार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्नुहुनेछ ।

साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने छ । हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ, जसमा भिडियो केवाईसी सेवाको उपयोग गरी बैंकसम्म पुग्नुपर्ने झन्झट हटेको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्