चीनमा प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह घट्दै


 


बेइजिङ । चीनमा प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह घट्दै गएको पाइएको छ । हङकङ पोस्टका अनुसार लगानीकर्ताले चिनियाँ बजारमा विश्वास गुमाउँदै गएकाले प्रत्यक्ष वैदेशिक लगानी घटेको हो ।

हङकङ पोस्टका अनुसार सन् २०२३ मा चीनको प्रत्यक्ष लगानीको दायित्व भुक्तानी सन्तुलनको ३३ अर्ब डलर पुगेको छ । सन् २०२२ को तुलनामा यो ८२ प्रतिशतले कम र सन् १९९३ यताकै सबैभन्दा कम रहेको जनाइएको छ ।

त्यसबाहेक अमेरिका, जापान, ताइवान, भारतजस्ता मुलुकसँग भूराजनीतिक तनाव चुलिएका कारण पनि विदेशी लगानीकर्ताले चिनियाँ बजारमा विश्वास गुमाउँदै गएको जनाइएको छ ।

त्यसैगरी, बढ्दो ज्याला, घरजग्गा क्षेत्रमा देखिएको संकट र आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताले गर्दा पनि लगानी घटेको पाइएको हो ।

सन् २०२३ को चौथो त्रैमासिकमा चीनमा केबल १७ अर्ब ५० करोड डलर वैदेशिक लगानीका रुपमा भित्रिएको जनाइएको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्