नेपालकी परराष्ट्र सचिव लम्साललाई दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लागेकाे छ : एस जयशंकर


 


काठमाडाैं । परराष्ट्र सचिव सेवा लम्साल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएकाे छ ।

आठौँ एसिया इकोनोमिक डाइलगमा भाग लिन दिल्ली पुगेकी लम्साल र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएकाे हाे ।

लम्साललाई दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लागेकाे जयशंकरले बताएका छन् ।

उनले भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूकाे प्रगतिका बारेमा लम्सालबाट सुन्न पाइएकाे जानकारी पनि दिएका छन् ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्