कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र एपिएफ विजयी


 


विराटनगर २८ फागुन । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र एपिएफ विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै सुदूर समुह वि मा ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकको साथ दोस्रोे स्थानमा रहेको छ भने वागमतीले खेलेको दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । वागमतीले बाकी दुई खेल जित हात पारे पनि समुह चरणबाटै बाहिरिने छ । सुदुर पनि सेमिफानमा नजिक पुगेको छ । अव पुलिसले बाकी रहेको २ खेलमा लुम्बिनी र बागमतीलाई भारि मतान्तरमा जित निकाले मात्र सुदूर प्रतियोगिाबात बाहिरिने छ ।

टस जितेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १७ रनमा सिमित भयोे । वागमतीका लागि शुभ कन्साकारले ३४ बलमा ३ छक्का र ४ चौका प्रहार गरि ४१ रन बनाउँदा रविन जोशीले ३१ रनको योगदान दिए ।

सुदूरका प्लेयर अफ द म्याच नारायण जोशीले २ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिँदा नरेन साउदले २ विकेट लिए ।

जवाफमा १ सय १८ रनको लक्ष्य पाएको सुदूरले १९ दशमलव २ बलमा ८ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सुदूरको जितमा नरेन भट्टले ३० रन बनाउँदा दिपक वोहोराले २२ रन, किरण ठगुन्नाले २१ रन र नारायण जोशीले १६ रनको योगदान दिए । वागमतीका गौतम केसीले ३ विकेट लिँदा विपिन आचार्य र इशान पाण्डेले २–२ विकेट लिए ।

दोस्रो खेलमा एपिएफले घरेलु टोली कोशी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । एपिएफसँग पाराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा ३ खेलमा १ मा जित र २ मा पराजित कोशीले २ अंकका साथ तेस्रो स्थानमा रहेको छ । कोशीले लिगको अन्तिम खेल मंगलबार आर्मीसँग खेल्ने छ भने एपिएफले प्रतियोगितामा पहिलो जितको स्वाद दिएको छ । २ खेलमा १ मा जित र १ मापराजित भएको एपिएफ २ अंकका साथ तालिकामा चौथो स्थानमा रहेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १७ रनको योगफल तयार पारेको थियो । कोशी विकेट किपर सोनु अन्सारीले ३१ बलमा २ छक्का र ३ चौका प्रहार गरि ४३ रन बनाउँदा अंकित सुवेदीले ३२ रन र श्रवण यादवले १९ रनको योगदान दिए । एपिएफका प्लेयर अफ द म्याच भुवन कार्की, यज्ञमान कुमाल, अमर रोटेला र इर्साद अहमद २–२ विकेट लिए ।

जवाफमा १ सय १८ रनको लक्ष्य पछ्याएको एपिएफले १८ दशमलव ५ बलमा ६ विकेट गुमाई लक्ष्य पार गरेको थियो । एपिएफकोे जितमा पूरन विकले ३६ रन, प्रनित थापा मगरले २० र अरुण ऐरीले १५ रनको योगदान दिए । मधेशका फिर्दोस अन्सारीले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिँदा दिपेश कँडेलले १ विकेट लिए ।

मंगलबारको पहिलो खेल घरेलु टोली कोशी र आर्मी तथा दोस्रो खेल वागमती र गण्डकीविच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

गण्डकीको कप्तान विपिनलाई कारवाही
गण्डकीको कप्तान विपिन खत्री कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिता कारवाहिमा परेका छन् । आइतबार पुलिससँग् भएको खेलमा पुलिका खेलाडि शंकर रानाको स्टम्पिङ को अपिल गरे पछि अम्पायरले आउट नदिए पछि खेल सकिए पछि विपिनले अम्पायरको गलत निर्णयले हामी पराजित भएको भने पछि विपिन कोड अफ कन्डकट लेव टु अनसनर कारवाहिमा परेका हुन् ।

म्याच रेफि महमद सफिकले उनलाई म्याच फिको सय प्रतिशत र ३ डिमेरि प्वाइन्ट दिएका छन् । उनले अव १८ महिना भित्र क्यानले मान्यता दिए प्रतियोगितामा १ डिमेरि प्वाइनट पाए भने क्यानले मान्यता पाएको प्रतियोगिताको १ खेल प्रतिबन्ध हुने म्याच रेफ्रि सफिकले बताए ।

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्