१९ वर्षीय युवाले तोडे सचिनको २९ वर्षअघि कीर्तिमान


 


काठमाडौँ, फागुन ३० । भारतको प्रतिष्ठित घरेलु क्रिकेट प्रतियोगिता रणजी ट्रफीमा सचिन तेन्दुल्करले २९ वर्षहघि बनाएको कीर्तिमान एक १९ वर्षीय युवा खेलाडीले तोडेका छन् ।

रणजी ट्रफीको मुम्बई र बिदर्भबिचको फाइनल खेलका क्रममा १९ वर्षीय मुसिर खानले सचिनको कीर्तिमान ताडेका हुन् ।

मुम्बईको दोस्रो पालीमा मुसिर खानले शतक बनाउँदै सचिनको कीर्तिमान आफ्नो नाममा पारे । दोस्रो पालीमा मुम्बईका लागि मुसिर खानले फाइनलमा एक सय ३६ रन बनाए ।

उनी रणजी ट्रफीको फाइनलमा शतक प्रहार गर्ने मुम्बईका सबैभन्दा कान्छो उमेरका खेलाडी समेत बनेका छन् । उनी भारतीय राष्ट्रिय टोलीका खेलाडी सरफराज खानका भाई हुन् ।

२९ वर्षअघिदेखि यो कीर्तिमान सचिनको नाममा रहँदै आएको थियो । सचिनले २१ वर्षको उमेरमा रणजी ट्रफीमा मुम्बईका लागि शतक बनाएका थिए ।

क्रिकेटको भगवानका रुपमा चर्चा कमाएका सचिनले सन् १९९४–९५ सिजनको रणजी ट्रफीको फाइनलमा एक सय ४० रन बनाएका थिए ।

प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्