सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का गर्ने निर्णय


 


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोकेको छ ।

शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्मका लागि अन्तरजिल्ला सरुवा रोक्का गरिएको हो ।

मन्त्रालयलका अनुसार शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गर्ने हालैको मन्त्रीस्तरीय निर्णयबाट निर्णय भएको छ ।

साथै, आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको बताइएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्