गरिमा विकास बैंकले र टानका सदस्यलाई सहुलियत कर्जा दिने


 



काठमाडौं, ६ चैत । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।


सो सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र टानको तर्फबाट अध्यक्ष निलहरी बास्तोलाले हस्ताक्षर गर्नु भएको छ ।


उक्त सम्झौता पत्रमार्फत टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम रु ५० लाखसम्म कर्जा सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र ५ लाख रुपैयासम्मको बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउने उल्लेख गरिएको छ ।


सो सम्झौताले गर्दा टान सदस्यहरूलाई व्यवसायमा सहजीकरण हुने बैंकको विश्वास छ । साथै, यस सम्झौता पछि टानले गरिमा विकास बैंकलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्