फिफा विश्वकप छनोट : बहराइनसँग नेपालको लज्जास्पद हार


 


काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ ।

बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा बहराइन ५–० गोलले विजयी भएको हो ।

बहराइनले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा थप २ गोल गर्‍यो ।

बहराइनका लागि माहदी अल हुमाइदान, सायद बाकेर, अब्दुलजब्बर, इब्राहीम अल खताल र इस्माइल हसनले पेनाल्टीमार्फत गोल गरे ।

योसँगै समूह ुएचु मा ३ खेल खेलेको नेपाल अङ्कविहीन छ । बहराइन ३ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्