आईपीएल : हैदराबादमाथि कोलकाताको रोमाञ्चक जित


 


एजेन्सी । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको तेस्रो खेलमा सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ ।

हिजो भएको दोस्रो खेलमा कोलकाताले सनराइर्जस हैदराबादलाई चार रनले हरायो ।

कोलकाताले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २ सय ४ रन मात्र बनाउन सक्यो ।

हैदराबादका हेरिक क्लासनले सर्वाधिक ६३ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

प्रकाशित मिति: ११ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्