फुटवल खेलाडी र सहायक प्रशिक्षक नगदसहित सम्मानित


 


सुनसरी, ११ चैत । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेल र सहायक प्रशिक्षक श्याम मानन्धर नगदसहित गृहनगरमा सम्मानित हुनुभएको छ ।

साउदी अरबमा भएको वाफ च्याम्पियनशिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य पौडेल र मानन्धरलाई इटहरी उपमहानगरपालिका र राष्टिय जागृति क्लबले नगदसहित सम्मान गरेको हो ।

उपमहानगरले पौडेललाई नगद रु एक लाख एक हजार र मानन्धरलाई रु ५१ हजारसहित सम्मान गरेको इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले बताउनुभयो । फुटबल खेलको माध्यमबाट इटहरीको मात्र नभई समग्र देशको शिर उच्च राख्न योगदान पु¥याएको भन्दै दुवै जनालाई नगदसहित सम्मान गरिएको प्रमुख पौडेलले बताउनुभयो ।

जागृति क्लबले पनि पौडेल र मानन्धरलाई नगद रु २५ हजारसहित सम्मान गरेको क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले बताउनुभयो । वाफ च्याम्पियनशिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित हुँदै उपविजेता भएको थियो ।

प्रकाशित मिति: ११ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्