दुर्घटनामा एक जनाको मृत्यु


 


जनकपुर, पुस १७

जनकपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सडक छेउको रहेको खम्बामा मोटरसाइकल ठोक्किदा क्षिरेश्वरनाथ नगरपालिका ८ हरैया बस्ने ४० वर्षका जितेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

ज ७ प ३८४५ नम्वरको मोटरसाइकलमा यादव जनकपुरबाट घर गइरहेको समयमा जनकपुरको पिडारीचोक नजिक सडक छेउको खम्बामा ठोक्किपछि  घटनस्थलमै मृत्यु भएको हो। मृतकको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घट्नाको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति: १७ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्