माछापुच्छ्रे बैङ्कले मनायो ग्लोबल मनी सप्ताह


 


काठमाडौं, १२ चैत । माछापुच्छ्रे बैङ्कले लिमिटेडले ग्लोबल मनी सप्ताह सम्पन्न गरेको ।
वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी सप्ताह २०२४ मनाएको हो ।
माछापुच्छ्रे बैंक लिमिटेडले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरू मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रम आयोजना गरी मार्च १८ देखि २४सम्म मनी सप्ताह मनाएको हो ।
बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेज, क्लवहरूसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रमहरू गरेको जनाएको छ ।
सो अवधिमा बैङ्ले बैङ्किङ्ग सम्बन्धि आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैङ्कहरूले प्रदान गरिरहेका डिजिटल सेवाहरू, डिजिटल सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैङ्कले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रुपमा गरिने हुण्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको थियो ।
ग्लोबल मनी सप्ताह सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ ।

प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्