नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै, टीममा दुई परिवर्तन


 


काठमाडौं, चैत १३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दोस्रो खेलमा टस जितेको छ ।

कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ रोजेको छ । नेपालले पछिल्लो खेलमा ६ विकेटको जित दर्ता गरेको थियो ।

नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । विवेक यादव र अनिल शाह टोलीमा आउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा छन् ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा छन् ।

आज आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र प्रतिश जिसी बेन्चमा छन् ।

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्