विश्वकप छनोट : बहराइनसँग नेपालको लगातार दोस्रो हार


 


काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा पनि बहराइनसँग नेपाल पराजित भएको छ ।

बहराइनको राष्ट्रिय रंगशालामा गएराति भएको खेलमा बहराइनसँग नेपाल दोस्रो खेलमा ३-० ले पराजित भएको हो ।

सातौं मिनेटमा बहराइनले खेलमा शुरूआती अग्रता लिएको थियो । १७औं मिनेटमा बहराइनले पेनाल्टीमा अग्रता दोब्बर बनायो । ३६औं मिनेटमा बहराइनले तेस्रो गोल गर्‍यो ।

नेपाल ४ खेलमा अंकविहीन रहँदै समूहको पुछारमा छ । नेपालले यूएईविरुद्ध ४-०, यमन विरुद्ध २-० र बहराइन विरुद्ध ५-० को हार बेहोरेको थियो ।

प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्