१७ जिल्लामा पाठ्यपुस्तक बिक्री, चैतभित्रै देशैभर पुगिसक्ने !


 


काठमाडौं । आगामी शैक्षिक सत्रका लागि हिजो मंगलबारबाट पाठ्यपुस्तक बिक्री शुरू भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ७ प्रादेशिकसहित ९ वटा बिक्री केन्द्रमार्फत् १३ गतेबाट पाठ्यपुस्तक बिक्री शुरू गरेको छ।

मंगलबार ताप्लेजुङ, ओखलढुंगा, सोलुखुम्बु, तनहुँ, मनाङ, प्युठान, रोल्पा, हुम्ला, अछाम र बाजुरामा पाठ्यपुस्तक बिक्री शुरू गरेको थियो । आज बुधबार संखुवासभा, खोटाङ, रसुवा, रौतहट, मुस्ताङ, डोल्पा, बाजुरा र दार्चुलामा बिक्री शुरू हुनेछ।

यसअघि शिक्षा मन्त्रालयले चैत १५ बाट पाठ्यपुस्तक बिक्री खुला गर्ने जनाएको थियो। मन्त्री सुमना श्रेष्ठले हिमाली र कर्णाली जिल्लामा तत्काल पुस्तक पुर्‍याउन निर्देशन दिएपछि हिजैबाट बिक्री शुरू गरेको जनक शिक्षाले जनाएको छ।

केन्द्रले कार्यतालिकासहित चैत २७ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक पु¥याउने भएको छ। केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले चैत महिनाभर सबै जिल्लामा पाठ्यपुस्तक पुगिसक्ने जानकारी दिए । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्