एभरेष्ट बेैंकले मनायो ग्लोबल मनी सप्ताह कार्यक्रम सम्पन्न


 



काठमाडौं, १४ चैत । एभरेष्ट बेैंकले ग्लोबल मनी विक २०२४ का अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत चैत ५ गतेदेखि सप्ताहव्यापी रुपमा विभिन्न स्कुल÷क्याम्पसहरmमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरmमा वित्तीय शिक्षाको महत्व जागरण गरायो ।

कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरmले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइयो ।

पञ्जाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेको बैंकले जनाएको छ ।
देशैभरी छरिएर रहेको आफ्नो १ सय २८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १ सय ६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्