आईपीएल : हैदरावाद र मुम्बई इन्डियन्सबीचको खेलमा कीर्तिमानै कीर्तिमान


 


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई हराएको छ । विभिन्न कीर्तिमान बनेको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो ।

हैदरावादले दिएको २ सय ७८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४६ रन बनायो । मुम्बईका तिलक वर्माले सर्वाधिक ६४ रन बनाए ।

यस्तै टिम डेभिडले ४२, ईशान किसनले ३४, नमन धिरले ३० र रोहित शर्माले २६ रन बनाए । हैदरावादका जयदेव उनादकट र प्याट कमिन्सले समान २/२ विकेट लिए । यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनायो ।

आईपीएल क्रिकेटमा यो अहिलेसम्मकै धेरै रन हो । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरले २०१३ मा पुने वारियर्स इन्डियासँग बनाएको २ सय ६३ रनको कीर्तिमान पनि हिजो हैदरावादले तोेडेको छ ।

दुवै इनिङ्समा गरेर हिजो ५ सय २३ रन बनेको छ, यो पनि अर्को कीर्तिमान हो । आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले खेल्दैछन् ।

प्रकाशित मिति: १५ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्