नेपाल ‘ए’ ले टस जित्यो, पहिले फिल्डिङ गर्ने


 


काठमाडौं, चैत १६ । नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ ।

नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सलाई ब्याटिङ गर्ने निम्तो दिइएको छ ।

नेपालको टोली स् विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी, हेमन्त धामी

विकास आग्री, विपिन खत्री, पवन सर्राफ र नारायण जोशीलाई बेन्चमा राखिएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्