आयरल्यान्डविरुद्ध लोकेश बमको शानदार शतक


 


काठमाडौं, चैत १६ । आयरल्यान्ड विरुद्धको खेलमा लोकेश बमले शानदार शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा बमले ५१ बलमा शतक प्रहार गरेका हुन् । उनले आठ चौका र आठ छक्का प्रहार गरे ।

बमले शुरूआतमा टिकेर खेलेर विस्तारै गति बढाएका उनी १५औं ओभरको अन्तिम बलमा क्याच आउट भए। उनले ५६ बलमा १०६ रन बनाए।

यो उनको पहिलो शतक हो। टी(२० मा उनको उच्च स्कोर ३३ रन थियो । उनले नेपालका लागि ११ वटा अन्तर्राष्ट्रिय टी(२० खेलेका छन् । जसमा ८६ रन बनाएका थिए ।

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्