आयरल्याण्ड ‘ए’विरद्धकाे रोमाञ्चक खेलमा नेपाल ‘ए’ पराजित


 


काठमाडौं, चैत १६ । आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो टी २० क्रिकेटमा नेपाल ‘ए’ २१ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९।३ ओभरमा २०१ रनमा अलआउट भयो ।

नेपालका लागि लोकेश बमले शतक र आरिफ शेखले ४९ रनको पारी खेलेपनि जित दिलाउन सकेनन् । बम १०६ रनमा आउट भए ।

दुवैले चौथो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए । कप्तान विनोद भण्डारीले १६ रन बनाए भने अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

यसअघि पहिला ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ले ू० ओभरमा ५ विकेटको क्षतिमा २२२ रन बनाएको थियो ।

आयरल्याण्डका लागि पिटर मूरले सर्वाधिक ४९ रन बनाए । स्टिफन डोहेनी र केड कार्माइकलले ३८–३८ रन बनाए ।

नेपालका लागि भने कमल सिंह ऐरीले ४ ओभरमा ३९ खर्चेर ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले १–१ विकेट लिए । सिरिजको दोस्रो खेल आइतबार हुनेछ ।

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्