आईपीएल : लखनऊसँग पञ्जाब २१ रनले पराजित


 


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जाएन्ट्सले पञ्जाब किंगलाई २१ रनले पराजित गरेको छ ।

मयन्क यादवले उत्कृष्ट बलिङ गरेपछि लखनऊले यसपल्ट पहिलो जित हात पारेको हो ।

जितका लागि दुई सय रन पछ्याएको पञ्जाबले ५ विकेटको क्षतिमा १ सय ७८ रन मात्र बनाउन सक्यो ।

सुरुमै शिखर धवनले ७० र जोनी बियरस्टोले ४२ रन बनाए पनि टिमले त्यसको फाइदा लिन सकेन् ।

मयन्कले २७ रन खर्चेर तीन विकेट लिए र उनी नै ‘प्लेयर अफ द म्याच’ रहे ।

त्यस अगाडि क्विन्टन डे ककको ५४ र कप्तान निकोलस पुरनको ४२ रनमा लखनऊले आठ विकेटमा १ सय ९९ रन बनाएको थियो ।

प्रकाशित मिति: १८ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्