नेदरल्याण्ड्स : नाइटक्लबमा मानिसहरूलाई बन्धक बनाउने आक्रमणकारी पक्राउ


 


एम्सटरड्याम । नेदरल्याण्ड्सको पूर्वमा रहेको एउटा सहरको नाइटक्लबमा मानिसहरूलाई बन्धक बनाउने एक सशस्त्र आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आक्रमणकारी शनिबार बिहान इडे शहरको पेटीकोट नामक नाइटक्लबमा प्रवेश गरेका थिए । स्थानीय मिडियाका अनुसार आक्रमणकारीले आफूलाई विस्फोटक पदार्थले उडाउने धम्की दिँदै चार जनालाई बन्धक बनाएका थिए ।

पहिले तीन जनालाई हमलाकारीको चपेटबाट मुक्त गरिएको थियो, त्यसपछि बन्धक बनाइएका चौथो व्यक्तिलाई करिब छ घण्टा रिहा गरिएको थियो।

अन्तिम बन्धकले नाइटक्लब छोडेपछि आक्रमणकारीलाई मास्क लगाएर बाहिर निकालिएको थियो । त्यसपछि प्रहरीले उनलाई हतकडी लगाएर लगेको थियो ।

आक्रमणकारी नाइटक्लबभित्र पसेपछि त्यहाँ सरसफाइ गरिरहेका कर्मचारीहरूलाई बन्धक बनाएका थिए । आक्रमणकारीले बन्धक बनाएको कारणबारे खुल्न नसकेको र उनको मानसिक अवस्थाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बीबीसी

प्रकाशित मिति: १८ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्