बाबर आजम फेरि बने पाकिस्तानी क्रिकेट टिमको कप्तान


 


काठमाडौँ, चैत १८ । पाकिस्तानी क्रिकेट टिमको कप्तानमा फेरि बाबर आजमलाई नै नियुक्त गरिएको छ ।

एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको खराव प्रदर्शन पछि राजीनामा दिएका बाबरलाई नै पुनः पाकिस्तान क्रिकेट बोर्डले कप्तान बनाउने निर्णय गरेको हो ।

बाबरको कप्तानीमा एक दिवसीय विश्वकपमा ४ खेलमा जित र ५ खेलमा पराजय भोगेको थियो । त्यस लगत्तै भारतबाट पाकिस्तान फर्किएपछि उनले तीन वटै फम्र्याटको कप्तानीबाट राजीनामा दिएका थिए ।

बाबरले पहिला राजीनामा दिएपछि शान मसुदलाई टेस्ट तथा शाहिन साह अफ्रिदीलाई टी २० को कप्तान बनाएको थियो । एक दिवसीय कप्तानभने पाकिस्तानले कसैलाई बनाएको थिएन । अब बाबरले एक दिवसीय र टी २० कप्तानी गर्ने छन् ।

उनकै कप्तानीमा आसन्न टी २० विश्वकप क्रिकेट पाकिस्तानले खेल्ने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । बाबरको कप्तानीमा सन् २०२२ मा पाकिस्तान आइसीसी वरियताको शीर्ष स्थानमा पुगेको थियो ।

प्रकाशित मिति: १८ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्