नेपाल ‘ए’ ले टस हार्यो, पहिले ब्याटिङ गर्दै


 


काठमाडौं, चैत १९ । नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा टस हारेको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड वल्भ्सका कप्तान निल रकले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ ।

पछिल्लो खेलबाट किरण ठगुन्नाको स्थानमा नारायण जोशी टोलीमा आएका छन् । आयरल्यान्डले भने टोलीमा ४ परिवर्तन गरेको छ ।

आयरल्यान्ड वल्भ्सले सिरिज २-० ले जितिसकेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।

शनिबार दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै वल्भ्सले सिरिज आफ्नो पक्षमा पारिसकेको छ । नेपालले भने दुवै खेलमा प्रतिस्पर्धात्मक हार बेहोरेको हो ।

नेपाल ‘ए’ टि२० टोलीमा आज विनोद भण्डारीको कप्तानीमा लोकेश बम, देव खनाल, पवन सर्राफ, आरिफ शेख, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री र कमल सिंह ऐरी छन् ।

हेमन्त धामी, विकास आग्री, किरण ठगुन्ना र अर्जुन घर्ती आज बेन्चमा छन् ।

प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्